हिपमत डटकम

बिहिबार, जेठ २६, २०७९ || 3202  पटक पढिएको

पूर्वआइजीपी सर्वेन्द्र खनाल प्रतिनिधि सभाको चुनाव लड्ने तयारीमा सक्रिय रहेको बुझिएको छ । उनलाई विभिन्न दलले टिकटको प्रस्ताव पनि गरिसकेको र निर्णयमा भने नपुगेको निकट स्रोतले बताएको छ ।

खनाल काठमाडौं क्षेत्र नं ६ का स्थायी बासिन्दा हुन् । उनको जन्मथलो भने तनहुँ हो । तराईको बारा र चितवनमा पनि उनको सक्रियता देखिन्छ । यीमध्ये कुनै जिल्लाको चुनावी क्षेत्रमा उनी उम्मेदवार बन्ने सम्भावना रहेको बुझिएको छ ।

खनाललाई पार्टीमा भित्राउन नेकपा एमालेका केही नेताहरुले प्रयास गरिरहेका छन् । तर, उनले निर्णय नदिएको बुझिएको छ । खनालले भने उचित समयमा उचित निर्णय लिने जवाफ दिएको बुझिएको छ ।

नेपाल प्रहरीको आइजीपीको रुपमा खनालले महत्वपूर्ण कार्यहरु गरेका थिए । उनी त्यतिबेला लोकप्रीय प्रहरी अधिकृतका रुपमा परिचित थिए ।-File Photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!