हिपमत डटकम

बुधबार, जेठ २५, २०७९ || 1321  पटक पढिएको

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजो मंगलबारकै मूल्यमा सुन कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

हिजो मंगलबार भने सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको थियो । सोमबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो घटेर कारोबारमा आएको थियो । आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने बढेको छ ।

आज प्रतितोला ५ रुपैयाँले चाँदीको मूल्य बढेर १२ सय ८० रुपैयाँ पुगेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!