हिपमत डटकम

मंगलबार, जेठ २४, २०७९ || 933  पटक पढिएको

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी मंगलबारदेखि सुरु गर्ने भएको छ ।

राखेपले एसियाडमा २३ खेल समावेश गर्ने निर्णय गरेसँगै अघिल्लो महिना सबै खेलको राष्ट्रिय टिम छनोट भइसकेको छ । भदौ अन्तिम सातादेखि चीनको ह्वाङझोउमा सुरु हुने भनिएको एसियाली खेलकुद कोरोना महामारीको कारण देखाउँदै अनिश्चित समयका लागि स्थगित भइसकेको छ ।

एसियाड स्थगित भए पनि राखेपले टिम छनोट भइसकेका कारण तयारी सुरु गर्ने निर्णय गरेको हो ।

नेपालबाट एसियाडमा सहभागी हुने खेलः एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराँते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथोलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेवलटेनिस, महिला भलिबल, पुरुष त्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!