बरियारपट्टी । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष समाज सेवामा सक्रिय भएका छन् ।
शिक्षक पेशा छाडेर राजनितीमा आएका युवा नेता गत स्थानिय तह निवार्चनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट आफ्नो उम्मेदवारी दिएको थियो । उनी झन्डै ५० % भोट ल्याई बिजय भएका थिए ।
वडा अध्यक्ष पदमा जिते संगै यादव जनताहरुका घरमै गएर सेवा दिदै आएका छन् । कोही समस्यामा परेको खबर पाउन साथ उनी सहयोग गर्नको लागि अग्रसर हुन्छ साथै पिडीतको घरमा गएर सहयोग गर्दै आईरहेका छन् । केही दिन अगाडी सदाय समुदायका कामदारहरु जो धनुषा जिल्लामा मजदुरीको काम गर्दै गरेको संग भेटेर समस्या बुझेका थिए ।
वडा अध्यक्ष बिनोद कुमार यादव हिपमत डटकम संग कुराकानी गर्दै भने “राजनीति पेशा होईन सेवा हो र म सेवा कार्यमा सदैव तत्पर रहेको छु । वडा अध्यक्ष भए संगै अझै जिम्मेवारीका साथ जनाताको हितमा निरन्तर खटदै छु र खटीने रहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिनेछु ।” वडा भित्र रहेको सम्पुर्ण मतदाताले आफ्नो अमुल्य मत दिएर सेवा गर्ने अवसर दिएकोमा सबैलाई धन्यवाद समेत दिएका छन्।
को हुन बिनोद कुमार यादब ?
वि.सं २०४१ साल कार्तिक २१ गते सिरहाको साविक बरियारपट्टी गाबिस वडा नम्बर १ (हाल बरियारपट्टी ३) मा जन्मेका बिनोद कुमार यादव +२ पढदा देखि नै नेपाली राजनीतिमा सक्रीय रहेका छन् । माता दानाबती देबि यादव र पिता कामेश्वर यादवको तेस्रो सन्तान हुन । प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका यादबले सिरहाको श्री सुर्य नरायण सत्य नरायण मरवैता यादब बहुमुखी क्याम्पस पढदै देखि नेपाली राजनितीमा चासो राखदै आईरहेका थिए ।
सानै उमेर देखि सामाजिक कार्यमा सक्रिय रहेका यादब क्याम्पसका बिद्यार्थि रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भएका थिए । आफु कलेजमा आई.ए.ड. को बिद्यार्थि भएपनि सो क्याम्पसमा पढ्ने सबै संकायका बिद्यार्थीहरुको समस्या समाधान गर्ने गर्थे ।
अङग्रेजीमा स्नातकोत्तर गरी उनी श्री जनता माध्यमीक विद्यालय (प्रा.धा.) बरियारपट्टी-३ मा शिक्षको रुपमा कार्यरत थिए । बिगत ११ बर्ष देखि + २ मा अङग्रेजी बिषयको अधयन अधयापन गराउदै आईरहेका थिए। देश र जनताको लागि आफ्नो ब्यक्तीगत जिवनलाई राजनितीमा समर्पित गरेको यादवले बताए ।
शिक्षा संगै उनी राजनीति र समाज सेवामा समेत यादव सक्रिय रहदै आईरहेका थिए । कोमल मन भएका यादव समाज सेवामा समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छाशक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आई रहेका छन् । स्थानिय बिभिन्न संघ संस्थामा अध्यक्षको रुपमा काम गरेर समाजलाई सहयोग गरे छन् ।