खोटाङ, २०७९ जेठ २३ गते । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा का २९ बर्षीय मन कुमार राईले सामान्य बादबिबाद हुँदा धकेलेर लडाउदा एक जना बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ६९ बर्षीय हरी प्रसाद राई रहेका छन् । गत १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा घाईते भएका हरी प्रसादको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको हो ।

घटनामा समलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!