अमेरिकी जलसेनाको लडाकू विमान शुक्रवार दक्षिणी क्यालिफोर्नियाको मोहाभे मरुभूमिमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार पाइलटको मृत्यु भएको छ ।
एफ/ए–१८ई सुपर होर्नेट शुक्रवार अपराह्न साढे २ बजेतिर ट्रोना नामक शहरमा खसेको जलसेनाले जनायो । पाइलटको नाम खुलाइएको छैन र दुर्घटना कसरी भयो भनी जलसेनाले विस्तृत विवरण पनि उपलब्ध गराएको छैन । जमीनमा कोही पनि घाइते नभएको बताइएको छ ।
उक्त क्षेत्रमा हालैका वर्षमा दुर्घटनामा परेको यो चौथो विमान हो ।
बोइङ कम्पनीको यस विमानलाई अमेरिकी जलसेनाको अग्रणी लडाकू विमान मानिन्छ । यसको उच्चतम गति १२ सय माइल प्रतिघन्टा छ । यो विमान हालैको सुपरहिट फिल्म टप गन ः मेभरिकमा पनि देखिएको छ ।