नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जनचेतनामूलक कार्यक्रम गरेर वातावरण दिवस मनाउन परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार मातहतका सबै समितिलाई वातावरण दिवस मनाउन परिपत्र गरेका हुन् ।
उनले वातावरण संरक्षण सम्बन्धि वृक्षारोपण, सरसफाई, वैकल्पिक उर्जायुक्त साधनहरुको प्रयोग गर्ने लगायतका जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गरेका छन् । ‘वातावरणीय ह्रास तथा प्रदूषणले गर्दा प्राकृतिक प्रकोप जलवायु परिवर्तनलगायत विभिन्न हानिकारक परिणामहरू निम्त्याउँदै गइरहेको छ । वातावरणीय ह्रासबाट असर पर्ने मुलुकमध्ये नेपाल पनि एक हो,’ नेविसंघ अध्यक्ष शेर्पाद्वारा जारी परिपत्रमा भनिएको छ, ‘त्यसका लागि वातावरण संरक्षण सम्बन्धि वृक्षारोपण, सरसफाई, वैकल्पिक उर्जायुक्त साधनहरुको प्रयोग गर्ने लगायतका जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गरिन्छ ।’
प्रत्येक वर्ष जुन ४ तारिखका दिन विश्वव्यापीरूपमा वातावरण दिवस मनाउने गरिन्छ ।