हिपमत डटकम

बिहिबार, जेठ १९, २०७९ || 483  पटक पढिएको

विराटनगर। साहित्यकार अजिता प्रधानद्वारा लिखित ‘भावनाका छालहरू’ मुक्तकसंग्रह आइतबार एक समारोहका बीच विमोचन गरिएको छ ।

नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चागापाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, कोपिला साहित्य प्रतिष्ठानकी अध्यक्ष कविता केशरीलगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गरेका थिए ।

विमोचित मुक्तकसंग्रहका विषयमा कवि एवं समालोचक हरि कट्टेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । उनले मुक्तकसंग्रहले अहिलेको नेपालको राजनैतिक व्यथिति, विकृति, विसंगति, अभाव, गरिबी, भ्रष्टाचारलाई सशक्त रुपमा उठाएको बताए । सो अवसरमा कवि मञ्जुश्री गिरी, भरत गुरागाईं बर्बरिक, मीनकुमार नवोदित, राधा भट्टराई, मञ्जु घिमिरे, राधा सुवेदीलगायतले विमोचित संग्रहभित्रका मुक्तकहरू वाचन गरेका थिए । नोवेल साकोस साहित्य संस्था काठमाडौंले प्रकाशित गरेको संग्रहभित्र विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका २५१ वटा मुक्तकहरू समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!