हिपमत डटकम

बिहिबार, जेठ १९, २०७९ || 483  पटक पढिएको

विराटनगर। विराटनगरको समग्र आर्थिक विकासका लागि विश्वबैंकले चासो देखाएको छ ।

विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले आज मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो ।

भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्वबैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए । मेयर कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्वबैंक सहयोग गर्न तयार रहेको प्रस्ट्याए । प्रदेशको राजधानी भएकाले विराटनगरको विकास हुनु जरुरी रहेको उनको भनाइ थियो । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महानगरलाई आर्थिक रुपमा बलियो बनाउन सुझावसमेत दिनुभयो ।

सो क्रममा उहाँले वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँड, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्थालगायतका विषय विश्वबैंकका प्रतिनिधिहरुले मेयर कोइरालासित जिज्ञासा राखेका थिए । विश्व बैंकले नेपाल सरकारसित मिलेर नेपालको समग्र विकासका परियोजना तयार पारिरहेको छ । सो परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!