दैलेख, १७ जेठ। दुल्लु नगरपालिका-९ धामि गाउँ भजनिया पोखरी बस्ने मदन पुरीको घरमा सोमबार राति आगजनी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सोही ठाउँ बस्ने ३५ वर्षीय बीरेन्द्र नाथ योगीले आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।
हाल फरार बीरेन्द्रको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।