हिपमत डटकम

आइतबार, जेठ १५, २०७९ || 275  पटक पढिएको

मोरङ, जेष्ठ १५ गते । मोरङको बेलबारी नगरपालिका-१० स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ७ बजे पुर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को.२त ८५५९ नम्वरको ट्रयाक्टरमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को.१० प ३५९९ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका- ११ मोरङका २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमाल घाईते भएका थिए ।

घाईतेहरुलाई तत्काल उपचारको लागि बिराटनगर स्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्‍याउना साथ मृत्यु भएको र धिमालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!