विवेकशील साझा पार्टी बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले सरकारले बजेटको प्राथमिकताको क्षेत्र खोज्नु भन्दा पनि बजेट खर्च तर्फ ध्यान दिनु पर्ने बताएका छन् ।

उनले शनिबार बसको प्रदेशसभाको तेस्रो बैठकमा सरकारले प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि आफ्नो धारणा राख्दै प्रदेश सरकारको बजेट खर्च गर्न नसकेका कारण योजनाहरू प्राथमिकतामा पर्न नसकेको बताएका हुन् । उनले सरकारले बजेट खर्च गर्न नसक्नुको कारण खोज्नु पर्ने अवस्था आएकाले त्यस तर्फ ध्यान दिनुपर्ने बताए ।

सरकारले आफ्नो ११ महिनाको समय वार्षिक बजेटको आधा रकम खर्च गर्ने गरेको र आर्थिक वर्षको अन्तिम असर महिनामा मात्र आधा बजेट खर्च गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘विगतमा हामीसँग एकल बहुमतको सरकार थियो । त्यसले पनि काम गर्न सकेन । अहिले गठबन्धनको सरकार छ । त्यसले पनि काम गर्न नसकेको प्रष्ट छ । यसलाई गम्भीर रूपमा हेर्नुपर्छ ।’ उनले भने, ‘हामीले मन्त्रालय विभाजन गर्दा पनि काम गर्न सकेनौ । यसबारेमा हामीले गम्भीर समीक्षा गर्नुपर्छ ।’

उनले विगतदेखि नै विभिन्न बहानामा बजेट खर्च गर्न नसकेको र हरेक वर्ष बजेट र त्यसका प्राथमिकता मात्र प्रस्तुत गरेको बताए । ‘हामीले बजेट खर्च गर्न सकेनौ । किन भन्दा कर्मचारी अभाव भन्यौ । कर्मचारी अभावलाई कहिलेसम्म बहाना गर्ने । त्यस विषयमा पनि सोच्नु पर्ने देखिएको छ ।’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!