१४ जेष्ठ, काठमाण्डौँ । आफुले जिबनभर संगै बाँच्ने र संगै मर्ने प्रण गरेर घर भित्र्याएको अर्धांगिनीलाई दोश्रो कसै संग हिमचिममा रहेको देख्दा कसको चाहिं मन सम्हालिन्छ होला र !! यस्तै वियोगान्त प्रेम भावमा नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । उनकै प्रस्तुतिमा केहि समय अगाडी मात्र “बाँसको घारीमा” बोलको गीत सार्बजनिक भएको थियो ।

निकै घत लाग्दो सैलिमा तयार भएको गीतले जो कोहीलाई पनि सोचनीय आवस्थामा पुर्याउने छ । प्रस्तुत गीतलाई लय कमल शुसान्त केसीले तयार पारेका हुन् भने शब्द गायिका एवं मोडल सबिता कार्कीको नै रहेको छ । सुनिता बुढा क्षेत्री, कमल शुसान्त केसी र सबिता कार्कीको सुमधुर स्वरले सजिएको माथि उल्लेखित गीतको म्युजिक भिडियोमा आशिर प्रताप जङ्ग, सबिता कार्की, राम लोहनी र गोमा न्यौपानेको अभिनय देख्न सकिन्छ । कार्कीको यस प्रस्तुतिलाई अशंख्य श्रोता तथा दर्शकहरुले रुचाउने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

सर्जक तथा मोडल सविताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसकेकी छिन् । सबिता कार्कीको स्वर समेत मिश्रण रहेको “आत्मा अन्तै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका छन् । शुसिल डाँगी द्वारा छायांकन भएको यस गीतको भिडियोलाई सम्पादन भने दिपक बिष्टको रहेको छ । गीतलाई सबिता कार्की सामरी नामको युट्युब च्यानाल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!