बिहिबार, फाल्गुण १५, २०७६ || 4021  पटक पढिएको

एक हजार जनाको समूहले अचानक आक्रमण गर्यो । उनीहरु भागेर ज्यान जोगाए । हिन्दुको घरभित्र छिरे । हिन्दु धर्म मान्नेहरुले उनीहरुको ज्यान जोगाए । यो घटना भारतको दिल्लीको हो । जहाँ चार दिनयता दंगा भड्किएको छ । मुसलमानहरुको घर र पसलमा आगलागी गर्ने समूह सक्रिय भएको छ । दंगामा मर्नेको संख्या ३४ पुगिसकेको छ । मानिसहरु त्रसित भएका छन् । धार्मिक हिंसाले उग्र रुप लिनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । नागरिकतासम्बन्धी ऐन बनाएपछि मोदी सरकारको विरोध भइरहँदा समर्थनमा समेत मानिसहरु उत्रिएपछि हिंसा भड्कन थालेको हो । घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण समेत ओझेलमा परेको छ |

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!