बिहिबार, फाल्गुण १५, २०७६ || 757  पटक पढिएको

एक गोलले पछि परेको स्थिति उल्टाउँदै इङ्लिस क्लब म्यान्चेस्टर सिटीले रियल म्याड्रिडलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगतको खेलमा अग्रता भने रियलले लिएको थियो । खेलको ६० औँ मिनेटमा इस्कोको गोलको मद्दतले रियलले अग्रता लिएको थियो ।

तर, खेलको अन्तयतिर ५ मिनेटको अन्तरमा सिटीले दुई गोल फर्काउँदै खेलमा पुनरागमन गर्न सफल रह्यो । सिटीका लागि ग्याब्रियल जिसुसले खेलको ७८ औँ मिनेटमा बराबरी गोल फर्काए ।

५ मिनेटपछि पेनाल्टीलाई सदुपयोग गर्दै केभिन डि ब्रुयनाले सिटीलाई ऐतिहासिक जीत दिलाए ।

सिटीले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगमा हराएको यो पहिलो अवसर हो ।

खेलको ८६ औँ मिनेटमा कप्तान सर्जियो रामोशले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भएको थियो ।

उता, इटालियन महारथी फ्रेन्च क्लब लियोनसँग स्तब्ध बनेको छ । लियोनका लागि लुकास टुसार्टले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो ।

युभेन्टसले खेलमा राम्रो सुरुवात गरे पनि खेलमा राम्रो अवसर सृजना गर्न सकेन । लियोनको मजबुत रक्षापंक्तिबीच टोलीले विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन ।

लियोनले युभेन्टसलाई युरोपियन प्रतियोगितामा पराजित गरेको यो पहिलो अवसर हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!