हिपमत डटकम

सोमबार, जेठ ०९, २०७९ || 295  पटक पढिएको

काठमाडौं,०९ जेठ । अभिनेता,निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरुका साथमा गत शुक्रबार बिहान लण्डन ब्रिजबाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ सुरु गरेका थिए । उनीहरुले आइतबार यात्रा पूरा गरेका हुन् ।

साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त,सुशील प्रसाईं,मनोज श्रेष्ठ,प्रसिद्ध प्रधान,सुनील कार्की र लक्ष्मण गुरुङ छन् । यात्रा सुरु गरेको दिन (२० मे) मा बाटोमा भारी बर्षाको सामना गर्नु परेको अभिनेता जोशीले बताए । ‘पहिलो दिन बाटोमा वर्षा तथा हावाहुरीले निकै अबरोध गर्यो,’ उनले भने,‘तर पनि त्यो दिन करिब ८ घण्टा साइकिलिङ गर्यौं ।’ दोश्रो दिन भने निरन्तर १० घण्टा साइकल चलाएको उनले सुनाए । तेश्रो दिन अर्थात् २२ मेमा भने उनलाई केही समय साइकलले धोका दिएछ । ‘मेरो साइकल बिग्रीयो तर पनि प्रसिद्ध प्रधानजीले ठिक गर्नु भयो । हामी निर्धारित समयमै यात्रा पूरा गर्न सफल भयौ ।’ पेरिसबाट उनले भने ।

पाइडल घुमाउदै लण्डन ब्रिजबाट पेरिसको इफेल टावर पुगेको सो टोलीले लक्षित भन्दा धेरै सहयोग रकम जुटाएको छ । ‘हामीले कम्तीमा ५ हजार पाउन्ड संकलन गर्ने टार्गेट गरेका थियौं । तर हामीलाई ६ हजार पाउन्ड सहयोग जुटेको छ,’ जोशीले भने, ‘हाम्रो यात्राको उद्धेश्य थाह पाएपछि मान्छेहरु स्वस्र्फुत रुपमा सहयोग गर्न तयार भए । हामीलाई त्यसअबधिमा ११० जनाले रकम सहयोग गरेका छन् ।’


उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेले आयोजना गरेको साइकल यात्रा अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेका थिए भने अहिले त्यसमा ६ हजार पाउण्ड थपीएको छ । जस्ट गिभिङ डटकम (वगकतनष्खष्लन।अयm० नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने ब्यवस्था मिलाइएको यात्राको सम्पूर्ण खर्च यात्री स्वयम्ले बेहोरेका थिए । आफुहरुले संकलन गरेको रकम छिट्टै नै चिल्ड्रेन्स् होमलाई हस्तान्तरण गरिने जानकारी उनले दिएका छन् । सन् २०१४ देखि संचालीत उक्त अनाथालयमा हाल २३ बालिका आश्रीत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!