हिपमत डटकम

आइतबार, जेठ ०८, २०७९ || 339  पटक पढिएको

काठमाडौँ । भनिन्छ सफल पुरुषको पछाडी महिलाको हात हुन्छ । यो भनाईमा सिमित न भएर गायक चन्द्र अन्छङ्बोको जीवनमा पनि लागू हुन्छ । बिगत दुई दशक देखि लोकसंगीत बिशेषगरी लिम्बु जातिहरुको धर्म र सस्कृतिमा आधारित गीतहरुमा आफ्नु आवाज दिईरहेका गायक चन्द्रलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएको छ । हङकङलाइ कर्म थलो बनाएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगत संग तुलना गर्छन । उनी भन्छन ”जिवनमा संगीत गर्दाको खुसी र आनन्द कुनै आधुनिकताले दिदैन ” ।

पछिल्लो समय उनै गायक चन्द्र अन्छङ्बोले लिम्बु गीत सार्वजनिक गरेका छ्न । ‘याक्थुंङ हाङमा तरेमे ‘गीतमा सोल्टीले सोल्टिनालाइ लिम्वुवान राज्यमा राम्ररी बस्नु होला , म जहाँ पुगे पनि तिमि प्रतिको माया र साथ सधै रहने छ भन्ने भाव प्रस्तुत गरिएको छ । गीतमा चन्द्रलाइ गायिका संगीत आङबुहाङले साथ दिएकी छिन । बब्रिम शेर्माको शब्द ,संगीत रहेको गीतलाई दिनेश सुब्बाले एरेन्ज गरेका हुन् । लिम्बु गीतलाई शब्दको भाव अनुसार पर्दामा प्रस्तुत गर्नका लागि भिडियोमा निकै मेहनत गरिएको चन्द्रले बताए भिडियो निर्माणको धेय मनोरञ्जनको साथै लिम्बु संस्कार र संस्कृति पुस्तानतरण गर्न पनि रहेको गायक अन्छङ्बोले बताए । युवापुस्ताका चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई मौलिक बनाउनका लागि कस्ट्युम र कलाकारहरुको प्रस्तुतिमा बिशेष मेहनत गरिएको बताए ।

भिडियोमा गायक चन्द्रलाई आफनै श्रीमती सुकु नाल्बो , छोरीहरु एञ्जुला ,एलिसा अन्छङ्बो र पूर्ण बहादुर अन्छङ्बोले साथ दिएका छ्न हंङकङको सुन्दर ठाउहरुमा खिचिएको भिडियोलाइ छायांकन र सम्पादन मज्जाको राईले गरेका छन । भिडियोलाइ गायक चन्द्र अन्छङ्बोको युट्युब च्यानल ( Chandra Anchhangbo ) बाट सार्वजनिक गरिएको हो । आफ्नो भाषासंकृतलाइ बचाउन महत्वपूर्ण भूमिका निभेको भन्दै भिडियोलाइ राम्रो राम्रो प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!