सुनवर्षि। माेरङकाे सुनवर्षि नगरपालिका ६ स्थित सिटाेैला टाेलमा नेकपा एमालेकाे बिजय जुलसमा ट्याक्टर दुर्घटना हुदा १३ जना घाइते भएका थिए ।
काे २ च १४३७ नम्बरकाे ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हाे । रंगेली प्रहरीकाे अनुसार ४० बर्षीय राज कुमार सहनीकाे घाेपा अस्पतालमा उपचारको क्रममा मृत्युु भएको रंगेली प्रहरीले जनाएको छ । एमालेकाे बिजय जुलुसमा घाइते भएका स्थानीयलाई एमाले बाट बिजेता भएका मेयर श्याम राजवंशी उपमेयर मिरा दास , बिभिन्न वडाका अध्यक्षहरु समेत बिरामीहरुलाई भेट्नका लागी अस्पताल पुगेका थिए ।
११ जना सामान्य रहेको र उनीहरुकाे रंगेली अस्पतालमा उपचार समेत भईरहेकाे प्रहरीले जनाएको छ ।