बुधबार, फाल्गुण १४, २०७६ || 1133  पटक पढिएको

लुट’ जस्तो ब्लकबस्टर चलचित्र दिएका निर्माता माधव वाग्लेले निर्देशन गर्ने चलचित्र ‘पारस’ मा अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् । निर्माता द्वय भुवन केसी र माधव वाग्लेबीच लामो छलफलपछि अनमोल चलचित्रमा भित्रिएका हुन् । मंगलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ । भुवन केसी निर्माता रहने चलचित्र सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।
अभिनेता अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन भ्याएपछि ‘पारस’ गर्नेछन् ।

निर्माताबाट निर्देशक बन्न लागेको माधव वाग्लेले चलचित्रको छायांकन बैशाख दोस्रो साताबाट सुरु हुने जानकारी दिए । यो चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । अनमोलले ‘ए मेरो हजुर ४’ पछि ‘पारस’ गर्ने भएपछि चलचित्र ‘एन्टी हिरो’ को छायांकन फेरि पछाडि धकेलिएको छ ।

एक दर्जन चलचित्र निर्माण गरिसकेका माधव वाग्ले निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने अवस्थाका कारण आफैंले चलचित्रको क्याप्टेनसिप सम्हाल्न लागेको बताउँछन् । गत वर्ष नक्कली नोट छापेको आरोपमा तीन महिना जेल जीवन समेत विताएका उनले एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट चलचित्र निर्देशन गर्न लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!