विराटनगर। विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोशिलको सफल उपचार हुने गरेको छ ।

कोशीमा हाइड्रोशिलको उपचार निःशुल्क सुरू गरेपछि लक्ष्यभन्दा बढी विरामीको उपचार हुने गरेको हो ।

चालु आर्थिक वर्षमा ६० जना हाइड्रोलिशको उपचार गर्ने अस्पतालले लक्ष्य लिएको थियो । तर, ११ महिनामा लक्ष्य भन्दा ११ जना बढी हाइड्रोशिलका विरामीको उपचार गरेको कोशी अस्पतालका जेनरल सर्जन डा. छितीज गिरीले जानकारी दिए । चालु आर्थिक वर्षको जेठ ४ गतेसम्म ७६ जनाको हाइड्रोशिलका विरामीको निःशुल्क उपचार कोशीमा गरेको उनले बताए । ‘

 

हाइड्रोशिलका विरमीको संख्या बढदै गएको छ,’ डा. गिरीले भने, ‘मोरङको पूर्वी दक्षिण क्षेत्रमा हाइड्रोशिलका विरामी बढी देखिएको छ ।’ अहिले पनि हाइड्रोशिलको उपचार कोशी अस्पतालमा निःशुल्क हुने गरेको विरामीले जानकारी नपाएको अवस्था रहेको उनले सुनाए । ‘अहिले पनि कतिपयलाई कोशी अस्पतालमा हाइड्रोशिलको उपचार निःशुल्क हुन्छ भन्ने जानकारी नहुदा आर्थिक अवस्था नाजुक भएका परिवार उपचारबाट बन्चित भएको अवस्था रहेछ,’ उनले भने, ‘कोशी अस्पतालमा हाइड्रोशिलका विरामी आए यहाँ सम्पूर्ण उपचार खर्च निःशुल्क हुने गरेको छ ।’ शल्यक्रियादेखि विरामी डिस्चार्जभएसम्म आवश्यक पर्ने औषधी पनि निःशुल्क रहने उनले बताए ।
चार वर्षदेखि कोशी अस्पतालमा हाइड्रोशिलको उपचार निःशुल्क सुरु भएको छ । अहिलेसम्म १७८ जनाको निःशुल्क हाइड्रोशिलको उपचार गरेको अस्पतालले जनाएको छ ।

हाइड्रोशिलका विरामी मोरङको रंगेली, आमतोला, डाइनियालगायतका क्षेत्रमा बढी रहेका छन् । ‘यहाँका मानिसले हाइड्रोशिल लुकाएर बस्ने गरेको पनि पाइयो,’ डा. गिरीले भने, ‘हामीले डाइनियामा शिविर संचालन गर्दा ६५ जना हाइड्रोशिलका विरामी फेला पारेका थियौं । उनीहरुलाई स्वास्थ्य सचेतना गराएपछि रंगेली अस्पतालमा ल्याएर निःशुल्क उपचार गरेका थियौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!