हिपमत डटकम

बिहिबार, जेठ ०५, २०७९ || 307  पटक पढिएको

बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ।

मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो।

मतपेटिकाभित्रै स्वस्तिक छाप समेत फेला परेपछि अहिले मतगणना कार्य स्थगित भएको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मतपेटिका नै शिल तोडिएको भन्दै पुनः मतदान हुनपर्ने माग गर्दै मत गणना स्थलबाट बाहिरिएको छ।

बुटवलको मेयरमा कांग्रेसका खेल राज पाण्‍डेयले १७०३६ मत ल्याएर अग्रता लिइरहेका छन्। उनलाई एमालेका बाबुराम भट्टराईले ११९१३ मत ल्याएर पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!