हिपमत डटकम

मंगलबार, जेठ ०३, २०७९ || 545  पटक पढिएको

सिरहा । खसेकोभन्दा बढी मत भेटिएपछि सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा तनाव भएको छ ।गाउँपलिकाको वडा नम्बर ४ मा कुल सदरमतभन्दा मत पेटिकामा ८२३ बढी मत भेटिएपछि नेपाली कांग्रेस इत्तरका उम्मेदवार र समर्थकहरु विरोधमा उत्रेका छन् ।

यस गाउँपालिकाको निर्वाचन अधिकृत देवी सुवेदीकाअनुसार ३२१५ कुल मतदाता रहेको यस वडामा २३९२ मत खसेको थियो । तर मतगणना गर्दै जाँदा ३१६३ सदर मत र ५२ बदर मत भेटिएको सुवेदीले बताए ।

खसेको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि अवस्था तनावग्रत बनेको उनले बताए । उनले भने, ‘केही मतदातालाई मत पत्र दोर्‍याएर दिइएको हो कि, दोहोरो दर्ता भएको हो छानविन हुँदै छ। राती निदाएको बेला मत पत्रको डब्बल इन्ट्री भएको हुनसक्छ ।’

प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले भने, ‘सदर भन्दा बढी मत भेटिएको भन्ने कुरा आएको छ। छानविन गरेर दोषी देखिएकामाथि कारवाही हुन्छ ।’

उनले भने,‘अहिले मतगणनास्थल लक्ष्मीपुरपत्तारीमा ढुंगामुढा भैरहेको छ। केही प्रहरीकर्मी घाइते भएका छन् उनले भने,‘हामी संयमित भएर घटना नियन्त्रणमा लिने प्रयास गर्दैछौं ।’

यस गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरमका रामबल्लब साह अध्यक्षमा निर्वाचित भएका थिए । यसपाली जनता समाजवादी पार्टीबाट केदारनाथ यादव र नेपाली कांग्रेसबाट चतुरानन्द ठाकुर यस गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । प्राप्त मतगणनाअनुसार ठाकुरले १०९८ र यादवले ३६५ मत प्राप्त गरेका छन्।

जसपाका नेता राजकुमार गुप्ताकाअनुसार यस गाउँपालिकाको प्रायःसबै वडामा मत कब्जा गरिएको छ । वडा नम्बर ४ मा असलियत छताछुल्ल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!