हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 690  पटक पढिएको

कीर्तिपुर मैदानमा आजबाट शुरु हुने वुमेन्स टि-२० आई सिरिजको पहिलो खेलमा नेपाल र युगान्डा भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ ।

पहिलोपटक घरेलु मैदानमा अन्तराष्ट्रिय सिरिज खेल्न लागेको नेपाली महिला टोली आजको खेलमा जीत निकाल्दै सिरिजमा सुखद शुरुवात गर्न चाहन्छ्न् । नेपालले आफ्नो पछिल्लो खेल गत वर्ष नोभेम्बरमा खेलको थियो ।

आईसीसी महिला विश्वकपको एसिया रिजनको छनोट अन्तर्गत भएको उक्त खेलमा युएईसँग ४८ रनको हार बेहोरेको नेपाल आजको खेल जित्दै पुनरागमन गर्न चाहन्छ । नेपालले आफ्नो पछिल्लो ५ खेलमा ३ जीत र २ हारको नतिजा निकालेको छ ।

यता युनान्डापनि आजको खेल जित्दै सिरिजमा सुखद शुरुवात गर्न चाहन्छ । युनान्डाले आफ्नो पछिल्लो ६ खेलमा जीतको अनुभव गर्न पाएको छैन । नेपाल भ्रमण गर्नु अगाडि युगान्डाले नामिबियामा घरेलु टोली र जिम्बाब्वे सम्मीलित त्रिकोणात्मक टि-२० आई सिरिज खेलेको थियो । सिरिजको सबै ६ खेलमा युगान्डा पराजित भएको थियो ।

आईसीसी टि-२० को वरीयतामा नेपाल १६ औं र युगान्डा १९ औं स्थानमा रहेका छन्

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!