सुनवर्षि। मोरङको सुनवर्षि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम नै राखेको छ।
यो खबर तयार पार्दासम्म नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार यज्ञबहादुर कार्कीले मेयर पदमा २३८ मत प्राप्त गरेका छन् भने एमालेबाट मेयर पदका उम्मेदवार श्याम राजबंशिले २२३ मत ल्याएका छन् । जसपाबाट मेयर पदका उम्मेदवार सदानन्द यादबले २६ मत प्राप्त गरेको छ भने राप्रपाले ९ मत कुखुराको भालेले ५ मत र लोसपाका उम्मेदवार अमरेन्द्र साहले साईकल छापमा ३ मत प्राप्त गरेको खबर छ।
उपमेयर पदमा नेपाली कांग्रेसकि बिमलादेबि दासले २४५ मत ल्याउदा एमालेबाट उम्मेदवार बनिकी मिरादेबि दासले २१७ मत ल्याएकी छिन् ।
राप्रपा पार्टीबाट उपमेयर पदाकी उम्मेदवारले २६ मत जसपाबाट उम्मेदवार नहुदा पनि ११ मत् , माओवादीले ६ मत प्राप्त गरेका छन्।
सुनवर्षि नगरपालिका वडा न एक बाट मतगणना सुरु गरिएको छ । वडाअध्यक्ष पदमा पनि नेपाली कांग्रेसको नै अग्रता छ । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार बिर बहादुर राई (बिरेन)ले अहिलेसम्म २५४ मत ल्याएका छन् भने एमालेबाट उम्मेदवार बनेका हेमेश्वर राईले २२८ मत प्राप्त गरेका छन् ।