
धरान । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट धरान वडा नं ३ बाट अध्यक्षमा उम्मेदवार सुयोग प्राखिन रहेका छन् । २०४७ साले देखि नै विद्यार्थी राजनीति देखि होमिएका सुयोग ०५४ सालमा राष्ट्रिय युवा संघका अध्यक्ष रहेका थिए । राजनीतिमा राम्रो अवसर र काम प्रति होमिदै गएका सुयोग पार्टिमा सचिव समेत बने ।

लामो समय देखि राजनीति गर्दै आएका उनी धरान ३ को वडाध्यक्षको उम्मेदवार वनेका छन् । यस अघि वडामा नेकपा एमालेबाट आशा श्रेष्ठ अध्यक्षमा विजय भएका थिए ।श्रेष्ठको कार्यकालमा भएका विकास निर्माणका प्रगति विवरणसहित घरदैलो कार्यक्रममा भएकाले आफ्नो जीत सुनिश्चत भएको उनी दावी गर्छन् । ५ बर्ष अवधिमा ३ वडामा धेरै नै विकाश भएको छ । एमालेको तर्फबाट फेरि पनि वडामा दलित महिला सदस्य पदमा चन्द्रकुमारी विश्वकर्मा र खुल्ला सदस्यको पदमा विकास कुमार वनेपालि निवर्तमान सदस्यहरु हुन ।
३ वडा बजारको क्षेत्र भएको कारणले विकासोन्मुख वडा हो । वडामा भानु स्मृती पथ आर.सि.सि. ढलान , मित्रपथ आर.सि.सि. ढलान ३. करमडाँडा ड्रेन निर्माण, जल्पा रोड चौबीसे समाजको ठाडो बाटो सिँढी निर्माण,शंखधर साख्वा गल्ली टोल ड्रेन मर्मत तथा स्ल्याव ढलान, मणीसुन्दर मार्ग आर.सि.सि. ढलान,कैलाश पथ सौन्दर्यकरण, जल्पा रोड़ बाटो ३० फिट निर्माण, भृकुटीपाखा आर.सि.सि. ढलान ,माछाभौडी पार्क निर्माण बाल आश्रम पछाडी देखि आइतबारे सम्म सिँढी निर्माण ,आसरा सुधार केन्द्र भवन निर्माण ,आईतबारे टोल बाटो निर्माण ,भानु स्मृती लुप बाटो निर्माण, हृदयन्द्र टोल ठाडो बाटो तथा सिँढी निर्माण ,विश्वकर्मा कल्याण सेवा समिति भवन निर्माण , शान्ती पथ ड्रेन मर्मत तथा स्तरोन्नति कार्य, भानु स्मृति मा.वि. मा ट्रस तथा छाना निर्माण , जल्पा रोड (क) लुप टायल बाटो निर्माण ,जल्पा रोड (ख) लुप टायल बाटो निर्माण, जेसिज लाईन चन्द्रपुर बजारको बाटो निर्माण, तुर्के पथ आर.सि.सि. बाटो निर्माण ,कृष्ण मन्दिर अगाडी टायल बाटो निर्माण , भानु स्मृति स्ल्याव र ड्रेन मर्मत,बाबाधाम मार्ग स्वागतद्धार निर्माण , चिनियाँ चोक पार्क निर्माण , भानु स्मृती लुप टायल ब्लक बाटो गोमा मार्ग (कृष्णपाखीन) टायल वाटो, मणीसुन्दर मार्ग (ग) टायल बाटो ,हृदयन्द्र टोल (माझीको घरबाट) सिँढी निर्माण, बाबाधाम मार्गको पुलमा रेलिङ्ग निर्माण ,तुर्के पथ बाटो ,सशस्त्र प्रहरीको भवनलाई रंङ्गीन जस्तापाता खरिद ,नेपाल अर्बुद रोग निवारण संस्थाको भवनलाई ट्रस्ट छाना लगाउने कार्य सम्पन्न भइसकेको छ ।
५ बर्षको कार्याकालमा यत्तिको कार्य हुनु धरानकै एक मात्रै गौरवमय कार्य हो । ३ वडा धरानको पुरानो बजारको रुपमा चिनिन्छ । बजारको दृष्टिकोणले हेर्ने हो भने ३ नं वडा अस्तव्यस्त वडा हो । जसको कारणले समेत ३ नं वडा विकासोन्मुख वडाको रुपमा रहेको छ । ५ बर्षको अवधिमा विविध विकास कामहरु सम्पन्न भए सङै निर्माणधीन काम हरु पनि रहेको छ । वडामा शंखधर साख्वा शालिक सौन्दर्यकरण, बाबाधाम मार्ग जल्पा रोड सिँढी बाटोमा रेलिङ्ग ,गैरीकुवा सौन्दर्यकरण ,भानु स्मृती पाना पाउरोटी लाईन,सौन्दर्यकरण ,भृकुटीपाखा सिँढी बाटो रेलिङ्ग निर्माण,सरस्वती बाल आश्रम छेउको बाटो निर्माण ,आईतबारे थान वाटो निर्माण,कैलाश पथ,श्री पथ सौन्दर्यकरण ,केन्द्रिय बजेट मार्फत चन्द्रपुर बजार जेसिज गल्लीको ड्रेन र स्ल्याव निर्माण निर्माणाधीन कार्यहरु रहेको छ ।अब चुनाव आउनको लागि ७ दिन मात्रै बाँकि रहेको छ । भोटको लागि उम्मेदवारहरु भ्याँइनभ्याँई छ । घरदैलो अभियानमा व्यस्त जनताकै लागि उम्मेदवार हरु खटि रहेका छन् । नेकपा एमालेबाट ३ वडामा विजय भएमा विकासको काम अझै हुने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्षको उम्मेदवार सुयोग प्राखिन सङै सदस्यहरु अभियानमा जारि रहेको छ ।
सुयोग पाख्रिनको प्रतिवद्धता
उम्मेदवारहरु ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गहरुले प्राप्त गर्ने भत्ता सहज तरिकाबाट प्राप्त हुने व्यवस्था गरिनेछ ।नविकरणको निमित्त प्रत्येक वर्ष घरदैलो गरी सहजता प्रदान गरिनेछ,गैरी कुवा, तुर्के लगायतका जलधार क्षेत्रलाई व्यवस्थित तथा संरक्षण गरिनेछ ।योजना तथा कामको समिक्षाका लागि बार्षिक न्यूनतम २ पटक वडा भेला गरिनेछ , आधारभूत स्वास्थ्य सेवाको सुनिश्चिताको लागि आधारभूत स्वास्थ्य चौकीको स्थापना गरिनेछ । पाक्षिकरुपमा वडामा भएका आठवटा टोल विकास संस्थामार्फत् निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन गरिनेछ ,टोल विकास संस्थालाई चुस्त, दुरुस्त र यस वडामा शिक्षाबाट बञ्चित रहेका बालबालिकाहरुमा शिक्षाको पहुँच पुरÞ्याइने , यस वडामा सञ्चालन हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुलाई आवश्यक सहयोग तथा संयोजन गरिने , विपन्नहरुलाई एम्बुलेन्स चाहिएमा निः शुल्क एम्बुलेन्सको व्यवस्था गरिने, भानु स्मृति मा.वि. र जामा मस्जिदमा रहेका मदरसा स्कूललाई स्तरोन्नति गरिने , यस वडामा रहेका मठ, मन्दिर, मस्जिद, बिहार र चर्चलाई समन्वय गरि स्तरोन्नति गरिने , यस वडामा रहेका सामुदायिक भवनहरु किंग समाज, नेपाल खड्गी सेवा समिति, घतान्जली योग समिति, चौबीसे समाज, श्री सरस्वती बाल आश्रम, धरान जसीज लगायतका सामुदायिक भवनहरुको स्तरोन्नति गरिने , यस वडामा रहेको सपिङ्ग कम्प्लेसलाई व्यवस्थित ढंगबाट संचालन गर्न पहल गरिने ,विपन्न परिवारहरुलाई स्वास्थ्य विमा कार्यक्रम लागू गरिने , माछा भौडी लगायत यस वडामा रहेका जव्यवस्थित ट्राफिक व्यवस्थालाई व्यवस्थित गर्न ट्राफिक प्रहरीसँग समन्वय गरिने स्थानीय स्तरमा निर्माण हुने बाटो लगायतका विकास निर्माणका काममा वडाबाट गुणस्तरको जाँच गरि गुणस्तरहीन कार्य गरेमा तत्काल काम रोकी सम्बन्धित निकायमा जानकारी गराइने बडाको फोहोर मैला दैनिकरुपमा उठाइने व्यवस्था मिलाइने , यस वडामा लाग्ने पशु हटियालाई व्यवस्थित गरिने ,अव्यवस्थित बसोबास क्षेत्रका लागि फरक मापदण्ड तयारी गरि बाटो, पानी, विजुली जस्ता अति आवश्यक कुराको व्यवस्था गरिनेछ , वडा स्तरीयरुपमा विभिन्न खेलकुदको आयोजना गरिनेछ ।
साथै नगरस्तरीय खेलकुदमा वडाबाट सहभागिता गराइने, वडा स्तरीय युवा तथा महिला समिति गठन गरिने , बजेट निर्माण तथा वडाका समस्याहरुलाई समाधान गर्नका लागि यस वडामा रहेका सरोकारवालाहरूसँग सर्वपक्षिय छलफल तथा परामर्श गरि कार्य सम्पन्न गरिनेछ साथै बजेट योजना तथा कार्यक्रमहरु पारदर्शी बनाइने शान्ति सुरक्षा, अमनचैन कामयम गर्नका लागि प्रहरी तथा प्रशासनसँग समन्वय गरि कार्यक्रमहरु सञ्चालन गरि लागू औषध दुर्व्यसनमुक्त वडा बनाउन पहल गरिने , वडामा रहेको सार्वजनिक जग्गाको संरक्षण तथा सम्बन गरिने , पिउने पानीको सहज व्यवस्थापनको लागि पहल गरिनेछ , सडक बत्तीलाई समय अनुकूल आधुनिकीकरण गर्दै लगिने यस वडामा रहेका सडक, बाटो, पीच तथा ढल ड्रेन, खोल्सी, सिढीहरुको स्तरोन्नती गरिनेछ प्रतिबद्धता गर्दै नेकपा एमाले ३ वडा समितिले घरदैलो अभियानमा जुटेका छन् ।सौन्दर्यकरण तथा एकल महिला शशक्तिकरण साथै संस्थागत क्षमता विकास गरिनेछ, महिला हिंसा मुक्त समाज निर्माण गरिनेछ साथै महिलाहरुलाई सीपमूलक तालिमको व्यवस्था गरिने , वडालाई वाल मैत्री वडा घोषणा गरिनेछ । त्रैमासिकरुपमा जनतासँग जनप्रतिनिधि भन्ने कार्यक्रम गरिनेसम्मका लोकप्रिय कामहरु उनले अघि सारेका छन् ।