सिरहा जिल्ला बरीयारपट्टी गाउँपालिकामा माओवादीबाट अध्यक्ष पदका उम्मेदवार अजय कुमार यादवको पहलमा दजनौं युवा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रवेश गरेका छन् ।

प्रवेश हुनेमा बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका युवा नेता संजय कुमार यादव सहितका हुन् । शनिवार एक कार्यक्रमको आयोजना गरी यादव सहितलाई पार्टी प्रवेश गराएका छन् ।

क्रिकेट खेलको माध्यमबाट पालिका भरी प्रख्यात रहेका संजय यादव समाज सेवामा समेत सक्रिय छन् । उनी समस्यमा परेकोलाई सके सम्म सहयोग गदै आएका छन् ।

 

अहीले नगरी कहिले गर्ने, मैले नगरी क ले गर्ने मुल नरा सहित स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका उनी माओवादी केन्द्रका उम्मेदवारहरुलाई समर्थन गदै पार्टी प्रवेश गरेका हुन् ।

 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै संजयले भने सबै ब्यात्ती, वर्गलाई समेटेर चल्ने भन्ने पार्टी माओवादी रहेकोले म माओवादीलाई समर्थन गरेको छु । बरियारपट्टीमा माओवादी पार्टीको आवशयकता रहेको उनी बताउछ ।

 

पार्टी प्रवेश कार्यक्रममा सिरहा जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुरेश चन्द दास यादव, माआवादी केन्द्रका पालिका अध्यक्ष रामेशवर यादव लगायतका उपस्थिती रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!