वडा अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार
सुखिपुर । सिरहाको सुखिपुर नगरपालिका वार्ड नं. २ बाट वडा अध्यक्ष पदमा सक्षम, कर्मठ, ईमान्दार, स्वक्षछवी भएका युवा नेता सुभाष यादव स्वतन्त्र उम्मेदवारी दिएको छ । जसपालाई अधार बनाएर राजनिती गदै आएको यादवलाई आउदो स्थानिय तहको निर्वाचनमा पार्टीबाट वडा अध्यक्ष पदको लागि टिकट नपाए पछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारीको घोषणा संगै यादबले भने “मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर सम्पूर्ण जनताका हितको लागि हुनेछ । अब नेताको झोले भएर होईन जनता तर्फबाट सुखिपुर नगरपालिकामा सबै जातजाति अट्ने, खट्ने, जुट्ने सहित गरिब, धनि, मजदुर, किसान, गाउँ, शहर, युवा, बृद्ध, महिलाहरु लगायतको समान सहभागिता गर्न गराउन सुखिपुर नगरपालिका वडा नम्बर दुईको वडा अध्यक्ष पदमा मैले उम्मेदवारी दिने घोषणा गरेको छु ।”
यादव आफ्नो गाँउ समाजमा एक असल, सरल, ईमन्दार नेताका रुपमा चिनिंदै आएका छन् । समाज भित्र रहेको बेतिथि विरुद्ध नेता यादवले आवाज उठाउदै भ्रष्टाचारीहरुलाई जनता माझ ल्याएका थिए । भ्रष्टाचार मुक्त समाज हुनु पर्छ र भ्रष्टाचारीहरुलाई समाजबाट बहिस्कार गनेँ पक्षमा बोल्दै आइरहेका छन ा नगर भित्रका विभिन्न अभियानहरुमा यदवले महत्तवपुर्ण योगदान रहेका छन्। उनी नगर भित्ररहेका किसानहरुका समस्या, युवा, विधार्थीहरु लगायत सबै प्रकारका समस्या प्रति आवाज उठाउदै आईरहेका थिए ।
उनी समस्यामा परेकाहरुलाई आफुले सके सम्मनको सहयोग गर्ने गर्छन् । पार्टीबाट टिकट नपाए पछि सुभाषका अनुयायीहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिनको लागि आग्रह गरे पश्चताप उनी उम्मेदवारी दिएका हुन्।
“राजनीति पेशा होईन सेवा हो र म सेवा कार्यमा सदैव तत्पर रहेको छु । वडा अध्यक्ष भएर अझै जिम्मेवारीका साथ जनाताको हितमा निरन्तर खटि रहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिनेछु ।” उनले बताए । वडा भित्र रहेको सम्पुर्ण मतदाताले आफ्नो अमुल्य मत मुढां छापमा दिएर सेवा गर्ने अवसर दिने छ भन्ने यादवको पुर्ण विश्वास छ ।