मोरङ। स्थानिय निर्वाचन नजिकिदै गर्दा फरक-फरक पार्टीबाट आफ्नो उम्मेदवारी दिएका ब्यक्तिहरुले आफ्नो वडा र नगरको विकासका आयोजना सहितको घोसणा पत्र सार्वजनिक गर्न्ने क्रम पनि बढ्दो छ। माओवादी केन्द्रबाट सुनवर्षी नगरपालिका वडा नम्बर ५ का लागि वडाअध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका युगेश्वर प्रसाद ठाकुरको चर्चा चौतर्फी बडी रहेको छ।
सामाजिक धार्मिक क्षेत्रमा समेत सक्रिय रहेका ठाकुरले यस पटक जित शुनिस्चित रहेको उनका समर्थक बताउछन्। ४ दशक भन्दा बढी समय देखि राजनीतिमा सकृय रहेका ठाकुर २०७४ सालको स्थानिय निर्वाचनमा कांग्रेस संग झिनो मतान्तरले पराजित खेप्न्नु परेको थियो। उनलाई पार्टीले पुन:अवसर दिएर आघि बढाएको हो । सुनवर्षी नगरपालिका भित्र हुने हरेक सामाजिक कार्यमा, बिकाश निर्माणका कार्यहरुमा अग्रसर रहने ठाकुर वडा नम्बर ५ मा सबैका प्रिय ब्यक्तिको रुपमा आफुलाई स्थापित गराएका छन्।
आफु वडामा निर्वाचित भए आफुले पाउने तलब सुबिधाले एउटा कोष खडा गरि त्यहाबाट आउने रकम आफ्नै वडावासीहरुको शिक्क्षा,स्वस्थ्य र कृषिमा लगानी गर्न्ने घोसणा गरेका ठाकुर, अब यस वडाको मुहार फेर्न दिन रात नभनी लागि पर्न्ने ठाकुरले हिपमत डटकमलाई बताए। आफुले कमाउने जमाउने सबै कम सकेको सन्तानहरुनी आ-आफ्नो ठाउँमा पुगी सकेकाले बाकी रहेको जिवन समाजसेवा र वडा,नगरको बिकासमा बिताउने ठाकुरको भनाइ छ।
ठाकुरले आफु निर्वाचित भए वडालाई समुन्नत बनाउन मुख्य ३ एजेन्डा आघि सरेका छन्।
शिक्क्षा तर्फ
(क) सामुदायिक बिद्यालयहरुमा गुडस्तरिय शिक्क्षाको लागी पहल गर्न्ने।
(ख) प्राबिधिक (उच्च) शिक्क्षामा दलित,अति बिपन्न,महिला,अपाङ्ग वर्गका विद्यार्थीहरुलाई समाबेस गर्ने।
(ग) सामुदायिक बिद्यालयहरुमा आवसेक्त अनुसारको भौतिक पूर्वाधारको व्यवस्था गर्ने।
(घ) सामुदायिक बिद्यालयहरुमा अंग्रेजी माध्यमबाट अध्यन-अध्यापन गराउने।
(ङ) लोकसेवा,शिक्क्षासेवा,प्रदेश सेवा लगायत अन्य सेवाको तयारी कक्ष्या तालिम नियमित संचालन गर्ने।
(च) शिक्क्षा स्वस्थ्य परामर्शका लागी परामर्श केन्द्र संचालन गर्न्ने।
स्वस्थ्य तर्फ
(क) वडा भित्र रहेका स्वस्थ्य चौकीलाई व्यवस्थित गर्न्ने।
(ख) ल्यब सहितको स्वस्थ्य सेवा संचालन गर्ने।
(घ) वडा भित्रका खोपकेन्द्र व्यवस्थि गर्ने।
(ङ) स्वास्थ्य बिमाको सुनिस्चित व्यवस्था गर्ने ।
कृषि तर्फ
(क) कृषि सिचाईका लागी नि:शुल्क बोरिङ्गको व्यवस्था गर्ने।
(ख) कृषि सिचाईका लागी बिधुतपोल,तार,ट्रान्सफरहरु आवश्यकता अनुसार व्यवस्था गर्ने।
(ग) बिपन्न बर्गका कृषकहरुका लागी सिचाई मेसिन र मोटर उपलब्ध गराउने।
(घ) कृषि उत्पादन बडाउनका लागी उच्च जातको बिउ बिजन उपलब्ध गराउने।
(ङ) माछा पालन कृषकहरुको लागी पोखरी खन्ने र उच्च जातको भुरा उपलब्ध गराउने।
(च) च्याउ खेति,कुखुरा पालन,बाख्रा,गाई,भैसी पालन कृषकहरुको लागि उच्च जातको नसाल सुधार कार्यक्रम र अनुदान उपलब्ध गराउने।
यी मुख्य योजना बाहेक अरुपनि वडा बिकासको लागि विभिन्न योजना बनाएर आफु आघि बडीरहेको उनले बताए।