हिपमत डटकम

आइतबार, बैशाख १८, २०७९ || 632  पटक पढिएको

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो जित हात पारेको छ। मुम्बईले शनिबार राती आफ्नो नवौं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

मुम्बईको जितमा सूर्यकुमार यादवले अर्धसतक प्रहार गरे। ३९ बल खेलेका उनले ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए। यस्तै तिलक बर्माले ३५ रन बनाउँदा इशान किसानले २६ रन जोडे। ओपनर रोहित शर्मा २ रनमा आउट भए।

यस्तै टिम डेविड २० रनमा अविजित रहँदा काइरन पोलार्ड १० रन बनाएर आउट भएका थिए।

राजस्थानका लागि ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १–१ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियाो।

राजस्थानका जस बटलरले अर्धसतक प्रहार गरे। ५२ बल खेलेका उनले ५ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए। ओपनर देवदत्त पाडिक्कल १५, सन्जु स्यामसन १६, डर्याल मिचेल १७, रियान पराग ३ र रविचन्द्रन आश्विन २१ रनमा आउट भए।

मुम्बईका लागि ऋतिक शोकिन र राइली मेरीडिथले २-२ विकेट लिए।

यो जितसँगै पाँच पटकको च्याम्पियन मुम्बईले जारी लिगमा पहिलो अंक जोडेको छ। यता हारका बाबजुत राजस्तान रोयल्स ९ खेलबाट दोस्रो स्थानमा कायमै छ।

९ खेलमा ८ जित निकालेको गुजरात १६ अंकसहित शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!