हिपमत डटकम

आइतबार, बैशाख १८, २०७९ || 495  पटक पढिएको

बेलायतमा एक जना सांसदले संसद बैठकमै दुई पटक पोर्न भिडिओ हेरेको खुलेको छ।

प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले उक्त कुरा स्वीकार्दै शनिबार पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसअघि एक जना बेलायती महिला मन्त्री संसद बैठक चलिरहँदा छेउमा बसेका पुरूष सांसदले पोर्न भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन्। सञ्चारमाध्यममा घटना बाहिर आएपछि प्रधानमन्त्री जोन्सनले प्यारिसलाई निलम्बन गरेका थिए।

उनले शनिबार राजीनामा दिएका हुन्। प्यारिसले पहिलो पटक ट्याक्टरको भिडिओ हेर्न खोज्दा झुक्किएर पोर्न भिडिओ आएको भए पनि दोस्रो पटक भने आफूले त्यस्तै भिडिओ हेर्न चाहेको बताएका छन्।

उनले आफूले जे गरे पनि गल्ती गरेको उल्लेख गर्दै त्यो पागलपन भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!