स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् । चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको नेकपा एमालेका कार्यकर्ता र काँग्रेस कार्यकर्ता बीचमा वीपी चोकमा खुकुरी हानाहान भएको थियो ।

खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते हिस्कीमगरलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!