मोरङ। मोरङको बिराटनगर महानगरपालिका-६ स्थितबाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर-८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर-११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर-१२ का २२ बर्षीय पवन रविदास रहेका छन ।
हिजो बिहान वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई समान सहित पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्वर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको खुल्न आएको हुँदा सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।