बर्दिया, १७ वैशाख। बाँसगढी नगरपालिका-३ गौरीचोकबाट जंगली जनावर चित्तलको अन्दाजी ५० केजी मासु सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँसगढी नगरपालिका-३ गौरीचोक बस्ने प्रेम बहादुर विष्ट, भद्दु थारु र शिब प्रसाद थारु रहेका छन् । जंगलबाट चित्तलको चोरी शिकारी गरी उक्त स्थानमा मासु भागबण्डा गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतीपुर र सब-डिभिजन बन कार्यालय बाँसगढीबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरूलाई उक्त मासु सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि सब-डिभिजन वन कार्यालय बाँसगढी बर्दियामा बुझाइएको छ ।