बनेपा – बैशाख ३० गते हुन गैरहेको आसन्न स्थानिय निर्वाचनमा बनेपा नगरपालिका वडा न. ७ लाई समृद्ध र आत्मनिर्भर बनाउनका निमित्त राप्रपा पार्टीबाट वडा न. ७ को वडाध्यक्षको रुपमा समाजसेवि इमान्दार तथा कर्मठ सफल युवा ब्यावसायी बनेपा ७ का रवि भक्त श्रेष्ठले आफ्नो जित सुनिश्चित बनाएका छन् । वडाबासिहरुको ढुकढुकी बनेका रविभक्त जनता बीच पपुलर युवानेता हुन्। जनताको भावना बुझेर काम गर्न सक्ने र अन्य दलहरुको बिकृति र विसंगतिलाइ चिर्न सक्ने युवानेता भएकोले गर्दा उनि वडाबासि बीच लोकप्रिय बनेका छन्।

बिगत लामो समय देखि समाजसेवा र भ्रष्टाचार बिरुध्दको आवाजलाई बुलन्द गर्दै आईरहेका युवा धड्कन बनेपा वडा न. ७ को वडाध्यक्षलाई ‘हलो चिन्ह’मा अमुल्य मत प्रदान गरि बनेपा वडा न. ७ निवासी आम जनसमुदायले पूर्ण रुपमा साथ र सहयोगमा कुनै कसर नछाड्ने कुरामा राप्रपा पार्टीको चुनाव प्रचार, प्रसार समितिले बिश्वास लिएको छ । यतिबेला वडाध्यक्षको दावेदार श्रेष्ठ आफ्नो चुनावी एजेण्डा लिएर वडावासी माझ घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् ।

चुनावको समय नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको छ । काठमाडौंमा आयोजित निर्वाचन प्रतिबद्धता ‘घोषणापत्र’ सार्वजनिक समारोहमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको गौरवपूर्ण इतिहास, धर्म, संस्कृतिको संरक्षण एवं राष्ट्रिय राजनीतिको विकल्पसहितको घोषणापत्र राप्रपाले सार्वजनिक गरेको हो । भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति र सबै वर्ग, क्षेत्रमा सुशासनको लक्ष्यसहित चुनाव जितेको छ महिनासम्ममा विपन्न परिवारको पहिचान गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास शिक्षा, वर्ग तथा अल्पसंख्यक समुदायका साथै स्थानीय तहमा मातृभाषा शिक्षा, सबै नागरिकलाई निःशुल्क अनिवार्य बीमा र सुरक्षित बाल स्वास्थ्यको विषय राप्रपाको घोषणापत्रमा उल्लेख छ । उत्पादनलाई प्राथमिकतामा राखेर किसानको खेत/खेतमा बिजुली, बालीनाली क्षति भएमा कृषि तथा बाली बीमाको व्यवस्था, चार वर्षभित्र आधारभूत खानेपानीको सुरक्षा, एक घर, एक धारा जस्ता विषय राप्रपाको चुनावी प्रतिबद्धतामा उल्लेख छ ।

यससँगै जातीय छुवाछूतको पूर्णरुपमा अन्त्य, ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक निशुल्क आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था, भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको जीवनस्तर सहज बनाउन बत्ती, खानेपानी, ढल आदिको व्यवस्था गर्नेलगायतका प्रतिबद्धता राप्रपाले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!