हम तो डुबेंगे सनम, साथमे तुमको भि डुबाएङ्गे
समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोपको जवाफ संसदबाट दिने भएका छन् । मातातिर्थको सरकारी जग्गा व्यक्तिको नाममा बाँडेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री भट्टराईमाथि आरोप लगाएका थिए ।
पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले डा. भट्टराईले यस विषयमा संसदमा जवाफ दिने जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै उनले लेखेका छन्,
प्रमज्यू, यती काण्ड, गोकुल काण्ड, जन्मदिनमा हेलिकप्टरमा केक लगेर काटेर गरिएको राजसी ठाँटबाँठ काण्ड हुँदै धेरै काण्डै काण्डको दलदलमा तपाईं फसिसक्नुभएको छ । हिन्दीमा एउटा उखान छ –हम तो डुबेंगे सनम, साथमे तुमको भि डुबाएङ्गे । यस्तै आफू डुब्ने निश्चितप्रायः देखेपछि आफूलाई मन नपर्नेजति सबैलाई डुबाउन सकिन्छ कि भनेर असफल प्रयास गरिराख्नुभएको छ । त्यो हामी सफल हुन दिँदैनौं । आज १ बजे संसदमा तपाईंको इजार राम्रोसँग कसेर आउनुहुन अनुरोध छ । तपाईंले पूर्वप्रम बाबुराम भट्टराईप्रति संकेत गर्दै मातातीर्थको जग्गा प्रकरणमा उठाउनुभएको प्रश्नलाई कानुनी, राजनीतिक, नैतिक सबै कोणबाट तपाईंलाई आज संसदबाटै जवाफ दिनुहुनेछ ।
‘कम्युनिष्ट’ सरकारले ‘जनताको जोत, यति होल्डिङ्सको पोत’ बनाउन खोजे पनि हामी त्यसो हुन दिदैनौँ । ‘जसको जोत, उसको पोत’ नै हुन्छ ।