हिपमत डटकम

शुक्रबार, बैशाख १६, २०७९ || 622  पटक पढिएको

धरान । नेकपा एमालेका मेयरका उमेद्धार मञ्जुु भण्डारी र उप मेयर पदम इस्वो शुुक्रबार धरान–१६को घर दैलो अभियानमा थिए । भोट माग्दै जाने क्रममा मतदाताले मन्जुु भन्डारीको छेउमै गएर भने ‘धरानमा धेरै कामको सुुरुवात गरेकी छौ, काम गर्ने तरिका पनि सिक्यौ,अब जितेर गएपछि सबै योजना पुुरा गर्नुु ।

’ उनले आफ्नो सुझाव थप्दै भने, ‘बेलाबेला कर्मचारीले दुुख दिने गरेका छन् त्यतापनि ध्यान दिने गर्नुु ।’
अर्की मतदाताले पनि भनिन् ‘अब पिच बाटो मात्र हैन हाम्रा छोराछोरीले पैसा कमाउने गरिका योजना ल्याउनुु पर्छ ।’ एक जना युुवाले उपमेयरका उमेद्धार पदम इस्वोलाई भने ‘दाई तपाई त वकिल हो, जनतालाई भेदभाब नगरी काम गर्नुु होला ।’ अहिले एमालेको घरदैलो अभियानमा उमेद्धारले मतदातासँग अन्र्तकृया गर्ने र सुुझाब लिने पनि गर्दै आएका छन् ।

‘धेरै मतदातालाई भ्रम छर्ने काम भएको रहेछ हामीले मतदातालाई बास्तविकता बुुझाएका छौ’ मेयरकी उमेद्धार भण्डारीले भनिन् ‘आरोप लगाउने सँग प्रमाण मागिदिनुु होला भनेको छुु ।’ हिजोका दिनमा बोलेका सबै काम पुुरा गर्न सकिने होला, अबको पाँच बर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउछुु भनेर प्रतिबद्धता जनाएकी छुु’ उनले भनिन् । खानेपानीको विषयमा धेरै जिज्ञासा आयो, मैले मतदातालाई भनेको छुु,अहिले खानेपानी राम्रै उत्पादन भएको छ तर किन वितरण नभएको हो आफैले बुुझ्न सकिन भनेकी छुु ।

उपमेयरका उमेद्धार पदम इस्वोले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको निती अनुुसार विकास गर्ने बताए । ‘धरानका सुुकुम्बासीलाई नगरबासी बनाउने अभियान हामीले नै सुरु गरेका छौ, अबको पाँच बर्षमा त्यो पुुरा गर्छौ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!