बुधबार, फाल्गुण १४, २०७६ || 745  पटक पढिएको

लेटाङ नगरपालिका वडा नं। ८ को कार्यालयले वडा भरि सिसिटिभि जडान गरेको छ । चोरी ,डकैती लगायत अपराधिक क्रियाकलपाललाई नियन्त्रण तथा नियमन गर्ने उदेश्यले सिसिटिभि जडान गरिएको हो ।
मंगलवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सिसिटिभिको उद्घाटन गरेका हुन । उद्घाटन गर्दै उनले सुरक्षा चुनौती वढिरहेको वेला सिसिटिभिले यसको नियन्त्रणमा ठुलो सहयोग गर्ने भएकाले वडा नं। ८ का जनताले अव सुरक्षा महसुस गर्ने बताए । अपराधीहरुलाई लेटाङ ८ का विभिन्न ८ ठाँउमा जडान गरिएको सिसिटिभिले निरुत्साहित गरेको छ ।
वडाभित्र साना देखि ठुलाठुला अपराधका घट्ना भएपनि अपराधी पत्ता नलागेकाले अपराधीहरुको मनोवल बढीरहेको वेला सिसिटिभि जडान पछि यसको अन्त्य हुने वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले बताए। अहिले वडाका विभिन्न ८ ठाँउमा सिसिटिभि जडान गरिएको र चाँडैनै अन्य ठाँउमा समेत सिसिटिभि जडान गरिने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!