हिपमत डटकम

बुधबार, बैशाख १४, २०७९ || 790  पटक पढिएको

कटहरी । बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनकानिम्ति उम्मेदवारीको चरण पुरा भएसंगै राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारी दिएकाहरु यतिखेर मतदातालाई आफ्नो मतमा कसरी रुपान्तरणगर्ने कसरत गरिरहेका छन । यो क्रममा मोरङको कटहरी गाउँपालिकामा समेत रोमांचक चुनावी संग्राम हुने भएको छ ।

यो गाउँपालिकामा राजनीतिकरुपले परिचित र स्थापित स्थानीय नेताहरुले उम्मेदवारी दिएका छन । कटहरी गाउँपालिकामा नेपाली काँग्रेसबाट देवराज चौधरी प्रमुख मञ्जिता सरदार उपप्रमुख,नेकपा एमालेबाट सुभाषकुमार सरदार प्रमुख, सितादेवी राजवंशी उपप्रमुखको उम्मेदवारी दिनुभएको छ ।

यस्तै जनता समाजबादी पार्टीबाट मृत्यूञ्जय झा प्रमुख, सबितादेवी दास उप्रमुख । नेकपा माओबादी केन्द्रबाट किशोर पाण्डे प्रमुख र पुजनदेवी सरदार उपप्रमुखको उम्मेदवारी दिनुभएको छ । यसैगरि लोसपाबाट बिनोद मण्डलको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरुले बिकास निर्माण शिक्षा, स्वास्थ्य,कृषि र सुकुम्बासी समस्यालाई प्रमुख मुद्धाकोरुपमा उठाएका छन । २०७४ को नतिजा अनुसार कटहरीमा नेपाली काँग्रेसबाट रामकुमार कामतले प्रमुख र मञ्जिता सरदारले उपप्रमुखमा बिजय हासिल गर्नुभएको थियो ।

सो समयको नतिजा अनुसार नेपाली काँग्रेसका कामतले ४५०६ मत सहित बिजय हासिल गर्नुभएको थियो । यस्तै नेकपा एमालेका मुक्ती राजवंशीले ३७८१,लोकतान्त्रिक फोरमका देवराज चौधरीले २८८४ र संघीय समाजबादी फोरमका श्याम मण्डलले २३१४ मत हासिल गर्नुभएको थियो ।

बिगतको नतिजाको अंकगणितलाई आआफ्नो पक्षमा पार्न उम्मेदवार र तिनका समर्थकहरु लागि परेका छन । मतदानको दिन नजिकिएसंगै यतिखेर उम्मेदवारहरु घरदैलो सहितका चुनावप्रचार प्रसारलाई तीब्रता दिएका छन ।

यसपटक कटहरी गाउँपालिकामा २६९९६ जना मतदाता छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!