
बिराटनगर। जनता समाजवादि पार्टि जसपाबाट बिराटनगर महानगरपालिका वडा नं ७ का वडा अध्यक्षको उम्मेदवार बनेका सत्य प्रकाश लुनिया जनता माझ लोकप्रिय बन्दै गएका छन्। मारवाडी समुदायका लुनियालाई सबैले यस पटक साथ दिनु पर्ने मारवाडी युवाहरुले हिपमत डटकमलाई बताएका छन्।

सामाजिक क्षेत्र संगै व्यवसायमा पनि निकै नै सक्रिय रहेका लुनिया विभिन्न संघ सस्थासंगमा समेत अग्रनिय भुमिकामा छन्। राजनीतिलाई सामाजिक सेवाको रुपमा बयाख्या गर्ने लुनियाले यस पटकको स्थानिय निर्वाचनमा आफुले राम्रो रिजल्ड ल्याउनेमा ढुक्क छन्।
बिराटनगर -७ जसपाबाट लुनिया सिंगल मैदानमा उत्रेका छन् उनले अन्य पार्टीबाट समेत साथीहरुले सदस्य पदमा उम्मेदवारी दिएको कारणले आफ्नो पार्टीबाट अध्यक्ष पदमा मात्र उम्मेदवारी दिएको बताए। आपसी छलफल गर्दै अन्य राजनितिक दलबाट उम्मेदवार साथीहरुले आफुलाई सघाउने लुनियाले हिपमत डटकमलाई बताए।

आफु निर्वाचित भएपछि सरकारले दिने कुनै पनि तलब भत्ता नलिने तथा सरकारले प्रदान गर्ने सरकारी सवारी साधान समेत प्रयोग नगर्ने लुनियाले बताए।
म जनताको सेवा गर्न राजनीतिमा आएको हु मेरो कुनै ब्यक्तिगत स्वार्थले राजनीतिमा आएको होईन। देश र जनताको सेवा गर्ने रहर सानै उमेरदेखि थिय। सामाजिक कार्य गर्दै आफ्नो रहर पुरा गर्दै थिए तर बिराटनगर -७ मा जनताले अपेक्षा गरेको कार्यहरु कुनै पनि दलले नगरेपछि म राजनीतिमा आएको छु। केहि सुधार अवश्य गर्ने छु, यो मेरो प्रण हो लुनियाले भाबुक हुदै भने।