हिपमत डटकम

मंगलबार, बैशाख १३, २०७९ || 656  पटक पढिएको

चुनाव आयो चुनाव आयो ?
पुरानै प्रस्तुति नयाँ ढंगले ल्यायो ।

कतै नयाँ चोर आयो भने
कतै पुरानै डाकु फेरि घर लुट्न आयो
तर इँ चोर र डाकु भेष बदलेर आयो ।

तिम्रो घरको सबै फोहर सफा गरिदिन्छु भनेर आयो
तिम्रो घरमा नयाँ रंग रोगन लगाइदिन्छु भनेर आयो
कति त तिम्रो घरलाई नौलाखे मन्दिर बनाइदिन्छु भनेर आयो
कति कोट पाईन्टमा आयो भने कति कुर्ता र खादीमा आयो
सबै चोर डाकु भेष बदलेर आयो ।

कतै मासु भात लिएर आयो भने कतै भोडका ,बिर , रम लिएर आयो
ठूलो पेट भएका पार्टी त अनौठो बोरा काधमा बोकेर आयो ।

बोरामा तिम्रो उन्नति ,प्रगति ,शान्ति ल्याएको छु भनी ५०० -१००० को नोट हातमा थमायो,
भोटका ठेकेदारले पनि ५००-१००० को गड्डी पायो ।

ठेकेदार पनि के कम उसले सबै चोर डाकुलाई एउटै टेन्डर दिलायो ।
कार्यकर्तामा त कार्यकर्तामा चुनावले जनतामा पनि अर्को नौलो हर्ष ल्यायो ,
उता चोरहरूमा आफ्नो लुटतन्त्रको कला देखाउन हर्ष आयो
एता जनतामा घर कसले लुट्ने जान्न पाउने कौतुहलता आयो ।

जनताले पनि आफन्तवाद, जातिवाद , झोलावाद र दारुमासुवादमा परेर सधैंको जस्तै फेरि ठूलै डाकु चुन्ने मन बनायो।
डाकुले यसपाली नवीन ढंगले कला प्रस्तुत गर्छु ,अरु त अरु भित्ताको इटा पनि निकाल्छु भनी भिजन बनायो।

नेता भन्दा बढी अठोटता जनतामा आयो ।
आफ्नो ,आफ्नो मातृभूमि ,गाउँ सहर ,जन्मस्थान ,बच्चा ,परिवार साथै आफ्नो मित्र विकास, समृद्धि ,प्रगति ,सुशासन सबको भविष्य भ्रष्टाचार नामक देवतालाई आँखा चिम्म गरी बाकसमा प्रेमपत्र खसायो ।
प्रेम प्रस्ताव कबुल गरेर प्रेमी ५ वर्षको लामो दुरीको रिलेसनशिपमा गयो ।

चोर आयो चोर आयो
पुरानै प्रस्तुति नयाँ ढंगले ल्यायो ।

चुनाव आयो चुनाव आयो ?
पुरानै प्रस्तुति नयाँ ढंगले ल्यायो ।

लेखक : अनवर शेख
(ब्राईट भिजन ल कलेज चौंथो वर्षमा अध्यनरत)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!