राम प्रेम यादब

मंगलबार, बैशाख १३, २०७९ || 1689  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बरियारपट्टी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षको नाम फईनल गरेको छ । बरियारपट्टीमा युवाहरुमा लोकप्रिय रहेका युवा नेता बिनोद कुमार यादवलाई माओवादीले वडा अध्यक्षको उम्मेदवार बनाएको हो।

यादव सामाजिक क्षेत्र संगै शैक्षिक पेशामा पनि निकै नै सक्रिय छन्। उनि विभिन्न संघ सस्थामा समेत सक्रिय छन्। आफु निर्वाचित भएपछि सरकारले दिने कुनै पनि तलब भत्ता नलिने यादवले बताए।

म जनताको सेवा गर्न राजनीतिमा आएको हु, मेरो कुनै ब्यक्तिगत स्वार्थले राजनीतिमा आएको होईन। देश र जनताको सेवा गर्ने रहर सानै उमेर देखि थियो। सामाजिक कार्य गर्दै आफ्नो रहर पुरा गर्दै थिए तर बरियारपट्टी गाउँपालिका वडा नं ३ मा जनताले अपेक्षा गरेको कार्यहरु कसैले नगरे पछि म राजनीतिमा आएको छु। केहि सुधार अवश्य गर्ने छु, यो मेरो प्रण हो यादवले भाबुक हुदै भने।

नरम स्वभावका धनी यादव लामो समय देखि समाज सेवामा सक्रिय छन् । बरियारपट्टी गाउँपालिका वडा नं ३ भित्र हुने हरेक सामाजिक कार्य तथा बिकास निर्माणका कार्यहरुमा अग्रसर रहने यादव वडा भित्र सबैमा प्रिय ब्यक्ति हुन्। यादवलाई वडामा सबै समुदायको साथ र सहयोग रहने स्थानियले बताए।

को हुन बिनोद कुमार यादब ?

वि.सं २०४१ साल कार्तिक २१ गते सिरहाको साविक बरियारपट्टी गाबिस वडा नम्बर १ (हाल बरियारपट्टी ३) मा जन्मेका बिनोद यादव +२ पढदा देखि नै नेपाली राजनीतिमा सक्रीय रहेका छन् । माता दानाबती देबि यादव र पिता कामेश्वर यादवको तेस्रो सन्तान हुन । प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका यादबले सिरहाको श्री सुर्य नरायण, सत्य नरायण मरवैता यादब बहुमुखी क्याम्पस पढदै देखि नेपाली राजनितीमा चासो राखदै आईरहेका थिए ।

सानै उमेर देखि सामाजिक कार्यमा सक्रिय रहेका यादब क्याम्पसका बिद्यार्थि रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भएका थिए । आफु कलेजमा आई.ए.ड. को बिद्यार्थि भएपनि सो क्याम्पसमा पढ्ने सबै संकायका बिद्यार्थीहरुको समस्या समाधान गर्ने गरेको यादवले सुनाए ।

अङग्रेजीमा स्नातकोत्तर गरी उनी श्री जनता माध्यमीक विद्यालय (प्रा.धा.) बरियारपट्टी-३ मा शिक्षको रुपमा कार्यरत छन् । बिगत ११ बर्ष देखि + २ मा अङग्रेजी बिषयको अधयन अधयापन गराउदै आईरहेका छन् । देश र जनताको लागि आफ्नो ब्यक्तीगत जिवनलाई राजनितीमा समर्पित गरेको यादवले बताए ।

शिक्षा संगै राजनीति र समाज सेवामा समेत यादव सकृय रहेका छन् । कोमल मन भएका यादव समाज सेवामा समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छाशक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आई रहेका छन् । स्थानिय बिभिन्न संघ संस्थामा अध्यक्षको रुपमा काम गरेर समाजलाई सहयोग गरे छन् । आफ्नो गाउँ क्षेत्र वाहेक बाहिरी जिल्ला र प्रदेशकाहरुलाई समेत यादवले सहयोग गरेका उनका निकटतम साथीहरुले बताए ।

बरियारट्टी गाउँपालिकाका बालबालिका देखि लिएर युवा, बृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् । बिनोद सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिएका छन् । पैसा नभएको ब्यक्तीहरुलाई यादबले आफ्नै पैसाले बिराटनगर र धरान लगेर उपचार समेत गराएका छन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!