
सुनवर्षी। सुनवर्षी नगरपालिका भित्र को-को उम्मेदवार बन्ने होड चलेको बेला वार्ड नं २ मा नेकपा एमालेको तर्फा बाट गोबिन्द श्रेष्ठको वडा अध्यक्षमा उम्मेदवारी परेको छ। वडा कमिटिको सह – सचिब समेत रहेका श्रेष्ठलाई नेकपा एमालेले सर्वासम्बत रुपमा २ नम्बर वडाको लागि अघि सारेको हो।

शान्त स्वभाब र ब्यपारिक पृष्ठभूमि भएका श्रेष्ठ वार्ड नं २ क लागी नाम्ची व्यक्ति हुन्। कांग्रेसको बहुमत भएको वडामा श्रेष्ठ उम्मेदवार बन्ने भए पछि उनको हिम्मतलाई धेरैले स्वगत गरेका छन्। राजनीतिलाई पेशको रुपमा नभई यसलाई सेवाको रुपमा लिनु पर्छ , म मेरो गाउँ ठाउँमा आपत् बिपत् परेका हरुलाई सहयोग गर्दै आईरहेको छु र साथै आउने दिनमा पनी यसरी नै सेवा गर्दै जाने छु श्रेष्ठले बताए। गत निर्वाचनमा सुनवर्षी नगरपालिका वार्ड नं २ मा नेपाली कांग्रेस ७० प्रतिशत भन्दा बडी मतान्तरले बिजय भएको थियो।
आफु निर्वाचित भए सडकलाई मात्रै प्राथमिकता नदि कृषि,प्रबिधि र शिक्ष्यालाई अघि बढाई लिएर जाने श्रेष्ठको भनाइ छ। हिपमत संग कुरा गर्दै श्रेष्ठले भने आफु यस वडामा निर्वाचित भए ५ वर्षा सम्म यस वडाका जनताले आफ्नो मतको कदर भएको महसुस गर्न्ने उनले बताए। ५ वर्ष सम्म वडा बाट कुनै किसिमको सुबिधा नलिने घोषणा गरेका श्रेष्ठले आएको तलब सुबिधा जनतामा खर्च गर्न्ने बताए। कांग्रेसको बहुमत भए पनि यस पटक यहाँको जनताले विकल्प खोज्न्ने विश्वास ब्यक्त गरे। कांग्रेसले गरेको ५ वर्षको कामबाट धेरै असन्तुष्ट छन् कांग्रेस आफै भित्र पनि फुट रहेको छ तेसैले हामीलाई फाइदा पुग्ने श्रेष्ठले बताए।
श्रेष्ठ संगै वडा सदस्यमा भागवतलाल राजबंशी, कन्चलाल गनगाई,कुमारी देवी र फुलोदेवी खत्वेको वडामा उम्मेदवारी रहने नेकपा एमाले वडा समितिले हिपमत डटकामलाई जानकारी दिए।