हिपमत डटकम

मंगलबार, बैशाख १३, २०७९ || 828  पटक पढिएको

काठमाडौं। न्युजिल्याण्डमा रहेकी कवियत्री, गीतकार एवम गजलकार नमिता दवाडीको शब्दमा रहेको गजल गीत ‘भन को थियो? को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक केशव भावुकको रहेको छ भने संगीत लोकप्रिय संगीतकार हरि लम्सालको रहेको छ।

यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा जीबी चिरन, अस्मिता जुरेली र दिनेश सुनार फिचर्ड छन्। सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’ मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदुर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।

https://www.youtube.com/watch?v=FWIoVeaiUDo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!