राम प्रेम यादब

सोमबार, बैशाख १२, २०७९ || 828  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बरियारपट्टी गाउँपालिकाका अध्यक्षको नाम फाईनल गरेको छ । अध्यक्षमा बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ जिझौलका अजय यादबको नाम फईनल गरेको हो ।

“राजनिती मेरो आम्दनी होईन, सेवाको माध्यम हो” नारा सहित राजनिती गर्दै आएका यादबले आफ्नो सामाजिक कार्यमार्फत सम्पुर्ण पालिकावासीको ध्यान आर्कषन गरेका छन् ।

धार्मिक, सामाजिक र बिकास कार्यमा निकै अब्बल देखिएका, विपन्न र पीडामा रहेकालाई तत्कालै सहयोग गर्दै आएको यादव गा.पा. भित्रमा लोकप्रिय छन् । उनी केही पहिले जसपा थिए र, उक्त पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा आएका हुन् ।

“निर्वाचनको माहौलमा म गा.पा. का घर घर पुगेको छु यादबले भने, गा.पा. का वासिन्दाले परिवर्तन खोजेका छन् , जनप्रतिनिधी सेवक हुनुपर्छ शासक होईन भन्ने पक्षमा रहेको पाएँ, मेरो उदेश्य भनेको गा.पा. र गा.पा. वासीको विकास हो, उनीहरुको समस्यासित हरदम नजिक हुने हो”।

को हुन अजय कुमार यादब ?

वि सं २०४३ साल बैशाख ६ गते सिरहाको साविक जिझौल गाबिस वडा नम्बर ५ (हाल बरियारपट्टी ५) मा जन्मेका अजय यादव माता राम रती यादव र पिता रघुनाथ यादवको सन्तान हुन । श्री जनता माध्यमीक बिद्यालय जिझौल कजराबाट एस.एल.सी पास गरेका उनी राजनितीशास्त्रमा स्नातकोत्तर गरेका हुन् ।

असल र सरल ब्याक्तिव भएको यादबले जनकपुर स्थित रा.रा.ब क्याम्पस पढ्दै देखि नेपाली राजनितीमा चासो राख्दै आईरहेका थिए ।

मधेस आन्दोलनमा यादबको नाम कलेज रानितीकबाट एकै पल्ट राष्ट्रीय राजनितीमा उदाएको हो । कलेज पढदा विद्यार्थी नेताका रुपमा चिन्निदै आएका यादब आन्दोलन पछी उनका नाम राष्ट्रीय राजनितीमा आउन थाल्यो । २०६२ ६३ सालको मधेस आन्दोलनको समयमा उनी सिरहामा रहेर आन्दोलको नेतृत्व गरीरेहका थिए । उनी जनता समाजवादी पार्टी नेपालका भातृ संगठन युवा संगठनमा महा सचिव भएर काम गरी सकेका छन् ।

बरियारट्टी गाउँपालिकाका बालबालिका देखि लिएर युवा, बृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!