सुनवर्षी। आउदो ३० गतेको स्थानिया निर्वाचनमा नेकपा एमालेले सुनवर्षी नगरपालिका वार्ड नं ३ को वडा अध्यक्ष काे रुपमा कुमार बुढाथोकीलाई आगाडी बढाएको छ।

नेकपा एमाले नगर कमिटि सदस्य समेत रहेका बुढाथोकी सामाजिक कार्यमा सक्रिय ब्यक्ति हुन्। नेकपा एमालेले आफ्नो वडामा युवा उम्मेदवार छनोट गरे पछि त्यहाका जनतामा उत्साह आएको बुढाथोकी समर्थक बताउछन्। आफ्नो उम्मेदवारी परे संगै बुढाथोकीले आफु बिजय भए वडा बाट प्राप्त हुने कुनै सेवा सुबिधा नलिने घोसणा गरेका छन्। आफुले पाउने तलब,भत्ता सुबिधा जनतामा खर्च गर्न्ने उनले हिपमत डटकम संग बताए।

२०७४ को स्थानिया निर्वाचनमा नेपाली कांग्रेस संग झिनो मतान्तरले पराजय भएको नेकपा एमाले यो पल्ट पल्ला आफ्नो तिर भारि पार्ने दाउमा छ । सुनवर्षी नगरपालिका वार्ड नं ३ मा आफ्नो संगठन बलियो बनाएर बसेको नेकपा एमालेले यो पल्ट सबैले रुचाएको उम्मेदवार अघि बढाएकोले जित सुनिश्चित रहेको एमाले कार्यकर्ता बताउछन्।

उनि संगै वडा सदस्यमा सहदेव राजबंशी ,दिलमाया सार्की,हेमन्त कटुवाल र मनसरि राजबंशीको उम्मेदवारी रहने नेकपा एमालेले सुनवर्षी नगरपालिका वार्ड नं ३ वडा कमिटीले हिपमत डटकाम लाई जानकारी दिए।

को हुन् त कुमार बुढाथोकी ?

सुनवर्षी नगरपालिकामा हुने हरेक सामाजिक काममा अग्रपंक्तिमा रहने सबैका प्रिय व्यक्ति हुन् कुमार बुढाथोकी । आफ्नो ब्यक्तिगत जीवनलाई भन्दा सामाजिक सेवामा निहित रहने बुढाथोकी सदैब दुखमा परेका लाई सहयोग गर्दै आएका ब्यक्ति हुन्। सानै उमेरबाट नेकपा एमालेको राजनीति गर्दै आएका बुढाथोकी राष्ट्रिय युवा संघ मोरङ जिल्ला सदस्य हुदै अहिले नगर कमिटि सदस्य रहेका छन्। धार्मिक क्षेत्रमा समेत रुचि राख्ने उनले, आफ्नो बेग्लै इतिहास बोकेको सुनवर्षी महाराज थान मर्मत सम्भारको लागि आफ्नो पहलमा प्रदेश बाट सहयोग लिई सुनवर्षी महाराज थान लाई हेर्न्ना लायक बनाएका थिय। वडा नम्बर ३मा आफ्नो बेग्लै पहिचान बनाएका बुढाथोकी त्यहाका लागि जुनै पार्टी बाट पनि जित निकाल्न सक्न्ने उम्मेदवार हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!