विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि जसपा परित्याग गरेका नेता उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले गठबन्धनप्रति असहमति जाहेर गर्दै हिजो जसपाको सधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए ।

 

उनले त्यसबेला १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बन्दा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए ।

यादवले यसपटक पनि प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए । यद्यपि ५ दलीय गठबन्धनले विराटनगरको प्रमुखमा काङ्ग्रेस र उपप्रमुखमा जसपाले उम्मेदवारी दिने निर्णय गरेपछि उनी असन्तुष्ट बन्दै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!