राम प्रेम यादब

आइतबार, बैशाख ११, २०७९ || 495  पटक पढिएको

बिराटनगर । बिवेकशिल साझा पार्टीबाट बिराटनगर महानगरपालिकाको मेयरमा केन्दिय सदस्य तथा मोरंग संयोजक अमलेश कर्णको उम्मेदवारी घोषणा भएको छ।

पार्टीका केन्दिय सदस्य रबिन्द्र मिश्रले आज औपचारिक रुपमा कर्णलाई बिराटनगर मेयर पदको उम्मेदवार भनेर घोषणा गरेका हुन्।

कर्ण पछिल्लो समय समय सामाजिक क्षेत्रमा निकै नै सक्रिय छन्। भ्रष्टाचारीलाई किरा परुन भनेर उनले अभियान नै संचालन गरेका थिए । मोरंगमा उनको समाज प्रतिको लगनशिलताका कारणले पनि बिराटनगर महानगरपालिकाको मेयरमा कर्णले राम्रो मत ल्याउने शुभचिन्तकहरुले हिपमत डटकमलाई बताएका छन्।

कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ्ग क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए। उनले जिल्लामा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुदसम्वद्ध संघसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन्। उनले बीबीए अध्ययन पुरा गरेका छन्।

मेयरमा आधिकारिक रुपमा आफनो नाम घोषणा भएपछि पहिलो पटक हिपमत डटकमसंग कुराकानीको क्रममा कर्णले भने पुराना पार्टी र तिनका नेताहरुलाई पटक पटक हामिले हेरी सक्यो, सय पटक आशाको किरणको रुपमा रहेको हाम्रो बिवेकशिल साझा पार्टीको चुनाव चिन्ह तराजुमा सबैले मतदान गरेर स्वच्छ तथा ईमानको राजनीतिलाई स्थापित गर्न बिराटनगरबासि लाग्नु हुने छ यसमा मा ढुक्क छु कर्णले भने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!