बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज र भोलि उम्मेद्वारले मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । यसै क्रममा सुन्दरहरैंचाको मेयर पदको लागि स्वतन्त्र उम्मेद्वार डा. प्रकाश भट्टराईले पहिलो उम्मेद्वारी दर्ता गरेका छन् ।

२ साता अघि नै आफ्नो उम्मेद्वारी घोषणा गरेर आफ्ना प्रतिबद्धतासहित चुनावी अभियानमा होमिएका उनले आज बिहान ११ बजेर ५० मिनेटमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि साढे १० बजे नै निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचामा आएका उनले कार्यालयको प्राविधिक समस्याले केही समय कुरेर मनोनयन दर्ता गरेका थिए ।

आसन्न निर्वाचनको लागि सुन्दरहरैंचा नगरपालिकामा पहिलो नम्बरमा मनोनयन दर्ता गरेका भट्टराईको प्रस्तावकमा कृष्णप्रसाद खतिवडा र समर्थकमा बलबहादुर कार्की रहेका छन् । स्वतन्त्र उम्मेद्वार डा. भट्टराईले निर्वाचन अधिकृत माधव भण्डारीलाई मनोनयन पत्र बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!