हिपमत डटकम

आइतबार, बैशाख ११, २०७९ || 731  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो मनोनयन दर्ता स्वतन्त्र उम्मेदवारको परेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्रबाट विजयी भएका माधवराज वाग्लेले फेरि उम्मेदवारी दिएका हुन् ।

उनले दोस्रो पटक वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले विराटनगरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो मनोनयन दर्ता गराएका हुन् । उनले वडामा पहिलो कार्यकालमा पूरा हुन नसकेको कामलाई पूरा गर्न दोस्रो पटक मनोनयन दर्ता गरेको बताए । ‘वडामा अझै धेरै काम बाँकी रहेकोले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘नागरिकको चाहना अनुसारको काम गर्न म अघि बढेको हुँ ।’

जनप्रतिनिधिले धेरै काम गर्नु पर्दैन साना साना समस्याको समाधान गर्‍यो या समयमा नै सेवा पायो भने नागरिकले राहत महसुस गर्नु उनले बताए । २०७४ सालको निर्वाचनमा उनी ८८५ मत पाएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!