तेह्रथुम । निर्वाचन नजिकन्दै जाँदा आ आफ्नो उमेरद्धारीका लागि बिभीन्न दलहरु जुटी रहेका छन । आसन्न बैशाख ३० गते हुन गइ रहेको निर्वाचनमा खास गरी गाउँ र नगर प्रमुख र उपप्रमुख पदमा उमेरद्धारीका लागी टिकट लिन लागि परेका छन । योग्यता र दक्षता भन्दा पनि पहुँचको आधारमा टिकट लिने गरेको पाईन्छ ।

निर्वाचनमा उमेरद्धारीका लागी तेह्रथुमको ६ पालिका मध्ये छथर गाउँपालिकामा एमालेको तर्फबाट नाम सिफारिस भएका मध्ये दिपा खुलालले आफ्नो उमेरद्धारी नआए स्वतन्त्र रुपमा उमेरद्धारी दिने बताएकी छिन । पार्टीको बिभीन्न जिम्मेवारी सम्हाल्दै महिलाहरुको क्षेत्रमा काम गर्दै आएको र आसन्न निर्वाचनका लागी छथर गाउँपालिकाको उपाध्यक्ष पदमा उमेरद्धारी दिएको उनको भनाई छ । उनि भन्छिन् “पार्टीले सहि मुल्याङकन गरेको जस्तो लाग्दैन ,आज म दिपा खुलालले टिकट नपाउनु पर्ने कारण के के छ ? पार्टीले स्पष्टीकरण दिनु पर्छ । आज मेरो कामको मुल्याङकन नगर्दा आज मलाई दुख लागेको छ । तारा खरेल ढकालले टिकट ल्याउनु हुँदैछ भन्ने कुरा सुनेको छु । उहाँ जनताको छर्नाैटबाट आउनु भएको हैन एकल ब्याक्तीको निर्णयबाट आउनु भएको छ । त्यसैले पनी मेरो चित्त बुझेको छैन ।”

गाउँपालिकामा नेकपा एमाले र पाँचदलिय गठबन्धन बिच प्रतिप्रर्धा हुने तयारी भई रहेको छ । गत निर्वाचनमा एमालेको तर्फबाट अध्यक्षमा सन्तोष तिगेला र उपाध्यक्षमा तारा खरेल ढकाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!